अलिपुरद्वारमा नालीबाट महिलाको शव उद्धार

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको मधु चियाकमानको नालीबाट एउटी महिलाको नग्न अवस्थामा शव उद्धार भएको छ। मृतक महिला मधु चियाकमान निवासी 50 वर्षीय सुसीना खड़ियाको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज बिहान स्थानीय मानिसहरूले सुसीना खड़ियाको शव योगी लाइनको नालीमा देखेपछि यसबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर हाँसीमारा आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *