अलिपुरद्वारमा रक्ताम्मे अवस्थामा व्यक्तिको शव उद्धार, जाँचमा जुट्यो पुलिस

सिलगढीराष्ट्रिय राजमार्गमा रक्ताम्मे अवस्थामा व्यक्तिको शव उद्धार भएको छ। उक्त घटना आज बिहान कालचिनीको गरमबस्ती इलाका अन्तर्गत 31 नम्बर राष्ट्रिय राजमार्गको डिमा सेतु इलाकामा घटेको हो। मृतक व्यक्ति आलिपुरद्वारको भोलारडाबरी निवासी गौरव मुखर्जीको रूपमा चिन्हित गरिएको छ। तिनले अलिपुरद्वारको एउटा गैर सरकारी होटलमा सुरक्षाकर्मीको रूपमा कार्य गर्दथे भने हिजो घर फर्किँदा ढिलो हुन्छ भनेर तिनले परिवारलाई जनाएका थिए। यसपछि आज बिहान रक्ताम्मे अवस्थामा तिनको शव उद्धार भएको छ। घटनाको खबर पाएर कालचिनी थानाको निमती आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर शव उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *