अलिपुरद्वारमा सडक दुर्घटनामा 1 जनाको मृत्यु, 1 जना घाइते

अलिपुरद्वार: राष्ट्रिय राजमार्गमा सडक दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ भने अन्य एकजना घाइते भएका छन्। मृतक युवकको नाम अर्पण टोप्पो बताइएको छ। उक्त घटना गत राति अलिपुरद्वार जिल्लाको बामुनपारा इलाकाको राष्ट्रिय राजमार्ग 31-मा घटेको हो। प्राप्त जानकारी अनुसार कोदालबस्ती निवासी दुईजना युवक बाइकमा सवार भएर अलिपुरद्वारबाट घर फर्किरहेको समय 31 नम्बर राष्ट्रिय राजमार्गको बामुनपाडा इलाकामा एउटा ठुलो वाहनले बाइकलाई सोझै धक्का दिँदा बाइकमा सवार दुईजना युवक भुइँमा लडे। स्थानीय मानिसहरूको सहयोगमा तिनीहरूलाई उद्धार गरेर लताबारी अस्पतालमा लगे तापनि चिकित्सकहरूले तीमध्ये एकजना युवकलाई मृत घोषित गरिदिए। अर्का युवकको अवस्था आशंकाजनक रहेकोले तिनलाई अलिपुरद्वार जिल्ला अस्पतालमा रेफर गरिदिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *