अलिपुरद्वारमा सडक दुर्घटनामा गर्भवती महिला सहित 8 जना घाइते

अलिपुरद्वार : अलिपुरद्वारमा सडक दुर्घटनामा एउटी गर्भवती महिलासहित 8 जना घाइते भएका छन्। उक्त दुर्घटना आज बिहान असम सिमान्त संलग्न 31 नम्बर राष्ट्रिय राजमार्गको बारबिसा न्यु टाउन इलाकामा घटेको हो। प्राप्त जानकारीअनुसार बारबिसाबाट एउटा यात्री वाहक सानो वाहन अलिपुरतर्फ गइरहेको समय एउटा ट्रेलरलाई ओभरटेक गर्ने क्रममा उक्त वाहन पल्टिँदा एउटी गर्भवती महिलासहित 8 जना घाइते भएको बताइएको छ। घटनापछि गर्भवती महिलालाई उद्धार गरेर अलिपुरद्वार जिल्ला अस्पतालमा पठाउनको साथै अन्य घाइतेहरूलाई कामाख्यागढी ब्लक स्वास्थ्य केन्द्रमा पठाएको छ। घटनाको खबर पाएर बारबिसा आउट पोस्ट पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *