अलिपुरद्वारमा सडक मरमति गरिदिने मागमा राष्ट्रिय राजमार्ग अवरोध

अलिपुरद्वार : अलिपुरद्वार 2 नम्बर ब्लकको दक्षिण पानियालगढी इलाकाको 31 नम्बर राष्ट्रिय राजमार्ग बेहाल अवस्थामा रहेकोले गर्दा इलाकावासीले आज उक्त सडक मरमति गरिदिने माग गर्दै सडक अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। आज बिहानैदेखि इलाकावासीहरूले उक्त सडक अवरोध गरेर विक्षोभ प्रदर्शन गरेपछि राष्ट्रिय राजमार्गमा वाहनहरूको चलाचल बन्द भयो। स्थानीय मानिसहरूको आरोप अनुसार केही दिन अघि उक्त सडक मरमति गरे तापनि हाल उक्त सडक बेहाल अवस्थामा रहेको छ। गत राति उक्त इलाकामा सडक दुर्घटनामा परेर एकजना व्यक्तिको मृत्यु भएको थियो। इलाकावासीहरूले आज लगभग घण्टौँसम्म सडक अवरोध गरेपछि शामुकतला पुलिस घटनास्थलमा पुगेर पथ अवरोध हटाएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *