अलिपुरद्वारमा श्रमिक मेला शुरू

अलिपुरद्वार : अलिपुरद्वार इन्डोर स्टेडियममा आजदेखि श्रमिक मेला शुरू भएको छ। राज्यका श्रम मन्त्री मलय घटकले उद्घाटन गरेको उक्त मेला आगामी 15 जनवरीसम्म चल्नेछ। उद्घाटन समारोहमा तक्निकी शिक्षा विभागका मन्त्री पूर्णेन्दु बसु, उत्तरबंग विकास मन्त्री रवीन्द्रनाथ घोष, पछौटे वर्ग कल्याण विभागका मन्त्री विनय कृष्ण बर्मन, विधायक सौरभ चक्रवर्तीलगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए। उक्त श्रमिक मेलामा 26 वटा सरकारी स्टलहरू लगाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *