अलिपुरद्वारमा तृणमूल छात्र परिषद-को स्थापना दिवस पालन

अलिपुरद्वार : अलिपुरद्वार जिल्लामा तृणमूल छात्र परिषदको स्थापना दिवस पालन गरियो। अलिपुरद्वार जिल्लाको प्रत्येक ब्लकमा तृणमूल छात्र परिषदको स्थापना दिवस मनाइयो। वर्षा-झरीको पर्वाह नगरी पार्टीका कार्यकर्ताहरूले आज कालचिनी तृणमूल कङ्ग्रेस कार्यालयमा स्थापना दिवस मनाए। यस अवसरमा तृणमूल छात्र परिषदको कालचिनी ब्लकका अध्यक्ष हैदर अन्सारी, तृणमूल ब्लकका अध्यक्ष पासाङ लामा, महिला तृणमूल कङ्ग्रेसको ब्लक अध्यक्ष मालती बाकला लगायत तृणमूल छात्र परिषदका अन्य सदस्यहरू उपस्थित थिए। अर्कोतिर, अलिपुरद्वारको योशोडाङ्गा इलाकाको तृणमूल कङ्ग्रेस कार्यालयमा पनि तृणमूल छात्र परिषदको स्थापना दिवस पालन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *