अलिपुरद्वार परेड ग्राउन्ड मैदानमा डुवर्स उत्सव शुरू

अलिपुरद्वार : अलिपुरद्वार परेड ग्राउन्डमा 17औँ विश्व डुवर्स उत्सव आजदेखि शुरू भएको छ भने आगामी 17 जनवरीसम्म चल्नेछ। डुवर्स उत्सवको उपलक्ष्यमा आज अलिपुरद्वार बीएम क्लब मैदानबाट रङ्गारङ्ग शोभायात्रा निकालिइयो। उक्त शोभायात्रामा जिल्लाको विभिन्न ठाउँबाट विशिष्ट व्यक्तिहरू लगायत अन्य उपस्थित थिए। विश्व डुवर्स उत्सवको उद्घाटन समारोहमा उत्तरबंग विकास मन्त्री उदयन गुहा, मन्त्री बुलू चिक बड़ाइक, अलिपुरद्वारका जिल्लाशासक सुरेन्द्र कुमार मीना लगायत अन्य उपस्थित थिए। विश्व डुवर्स उत्सवमा 600 भन्दा अधिक स्टलहरू लगाइएको छ। उक्त उत्सवमा नेपाल, भुटान र बङ्ग्लादेशका मानिसहरूले पनि विभिन्न प्रकारको स्टलहरू लगाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *