अल इन्डिया डेमोक्रेटिक स्टुडेन्ट अर्गनाइजेशनद्वारा सिलगढीमा र्‍याली

सिलगढी : छात्र संगठन अल इन्डिया डेमोक्रेटिक स्टुडेन्ट्स अर्गेनाइजेसनको तर्फबाट आज सिलगढी सहरको हिलकार्ट रोडस्थित मित्र सम्मेलनी हलको अघिबाट एउटा विरोध र्‍याली निकालिइयो। उक्त विरोध र्‍याली हिलकार्ट रोड, सफदर हाशमी चोक अस्पताल रोड हुँदै सहरको कोर्ट मोड़स्थित आरटीओ दफ्तर ट्रेजरी बिल्डिङमा पुगेर आरटीओका अधिकारीसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। अल इन्डिया डेमोक्रेटिक स्टुडेन्ट अर्गेनाइजेशनका सदस्यहरूले बताएअनुसार कोरोना महामारीले गर्दा मानिसहरू आर्थिक संकटसित जुझिरहेका छन्। जिल्लामा पढ़ने अधिकांश विद्यार्थीहरू दैनिक मजदुरी गर्ने परिवार तथा चियाकमान क्षेत्रका छन् भने कोरोना महामारीले गर्दा धेरैजसो परिवार बेरोजगार भएका छन्। राज्य सरकारको निर्देशमा पश्चिम बंगालमा पनि लगभग सबै स्कुल-कलेज एवम् युनिभर्सिटी खुलिसकेकोले गर्दा जिल्लाका विद्यार्थीहरूलाई एक ठाउँबाट अर्को ठाउँमा पढ्न जानको लागि ट्रेनको व्यवस्था छैन। यस्तो परिस्थितिमा विद्यार्थीहरू ई रिक्शा, बस एवम् अटोको माध्यमद्वारा विद्यार्थीहरूले यातायात गर्न परेकोले गर्दा धेरै असुविधाको सामना गर्न परिरहेको छ। यसको साथै अटो रिक्शा एवम् बसमा आवाजाही गर्दा भाडा समेत धेर लाग्ने गर्दछ। विद्यार्थीहरूलाई अब भाडामा कुनै असुविधा नहोस् भन्ने उद्देश्य लिएर अल इन्डिया डेमोक्रेटिक स्टुडेन्ट अर्गेनाइजेशनको तर्फबाट एक तिहाई भाड़ा लिने माग गर्दै विरोध प्रदर्शन गरिरहेको छ। अल इन्डिया डेमोक्रेटिक स्टुडेन्ट अर्गेनाइजेशनको नेतृत्वले आगामी सोमबारसम्म यी सबै मुद्दाहरूमाथि विचार विमर्श गर्ने बताइएको छ। यदि आरटीओका अधिकारीले यी सबै विषयमाथि कुनै पहल नगरेको खण्डमा आगामी दिनमा राज्यभरिमै विरोध प्रदर्शन गर्ने तिनीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *