अल इन्डिया डीएसओ-ले गर्‍यो विरोध प्रदर्शनी

कुचबिहार : भारत बन्द अवधि हिजो कुचबिहारको स्टेट ब्याङ्क नजिकबाट विश्वविद्यालय एवम् कलेजमा अध्ययनरत अल इन्डिया डीएसओ-का सदस्यहरूलाई पुलिसले पक्राउ गरेको घटनालाई लिएर आज अल इन्डिया डीएसओ-को तर्फबाट विरोध प्रदर्शनी गरियो। कुचबिहार जिल्ला पुलिस अधीक्षक कार्यालय अघि यी विद्यार्थीहरूले विरोध प्रदर्शनी गरे। पक्रा परेका यी कलेज एवम् विश्वविद्यालयका विद्यार्थीहरूलाई बिना शर्त छोड्नु पर्ने अल इन्डिया डीएसओ-ले माग गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *