अल इन्डिया जनरल इन्श्योरेन्स एजेन्ट्स एसोसिएशन-को राज्य सम्मेलन गरिने

सिलगढी : आगामी 18 र 19 जनवरीको दिन सिलगढीको कञ्चनजङ्घा स्टेडियममा अल इन्डिया जनरल इन्श्योरेन्स एजेन्ट्स एसोसिएशन-को तर्फबाट राज्य सम्मेलनको आयोजना गर्ने भएको छ। आज सिलगढी जर्नलिस्ट्स क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर एसोसिएशनका राज्य अध्यक्ष अरूप मुखर्जी तथा राष्ट्रिय महासचिव अनिरुद्ध दासगुप्ताले यसबारे जानकारी गराए। उक्त दुई दिवसीय सम्मेलनमा पश्चिमबंग राज्य कमिटीका सबै सदस्यहरू उपस्थित रहनेछन्। यस सम्मेलनमा वरिष्ठ नागरिकहरूलाई कम्ती मूल्यमा स्वास्थ्य बीमा, स्वास्थ्य बीमाबाट जीएसटी हटाउने, बीमामा ब्याजको दर बढ़ाउनेलगातय बीमा सम्बन्धित अन्य विषयहरूमा पनि चर्चा परिचर्चा गरिने द्वयले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *