अल इण्डिया किसान खेत मजदूर संगठनद्वारा सिलगढीमा साङ्केतिक भोक हड़ताल

सिलगढी: अल इण्डिया किसान खेत मजदूर संगठनले  कृषि अनि बिजली सम्बन्धी कानूनलाई रद्द गर्ने मागलाई लिएर सिलगढीमा सांकेतिक भोक हड़ताल शुरू गरेको छ। स्मरण रहोस, पारित गरिएको कृषि बीललाई रद्द गर्ने मागलाई लिएर दिल्लीमा पनि हाल कृषकहरू लगायत केही श्रमिक संगठनले आन्दोलन गरिरहेका छन्। यसै आन्दोलनको समर्थनमा आज सिलगढीको कञ्चनजंगा स्टेडियम नजिक गोष्टोपाल मूर्ति सामु संगठनका सदस्यहरूले  हातमा प्ला कार्ड बोकेर सांकेतिक भोक हड़ताल शुरू गरेका छन्। यस अवसरमा संगठनका केही सदस्यहरू सांकेतिक भोक हड़तालमा बसेका छन्। संगठनको तर्फबाट सदस्यहरूले केन्द्र सरकारले पारित कृषि बीललाई चाँडोभन्दा चाँडो रद्द गर्ने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *