अल इण्डिया नेपाली सेडुलकास्ट एसोसिएशनद्वारा अम्बेडकर जयन्ती पालन

मिरिक : अल इण्डिया नेपाली सेडुलकास्ट एसोसिएशन मिरिक महकुमा समितिले आज सार्की समाज घर मिरिक बजारमा संविधान निर्माता भीमराव अम्बेडकरको जन्म जयन्ती पालन गर्यो। अल इण्डिया नेपाली सेडुलकास्ट एसोसिएशन मिरिक महकुमा समितिका प्रमुख संरक्षक एसबी गजमेरको अध्यक्षतामा अनि सचिव उमेश तोलाङ्गीको सञ्चालनमा पालन गरिएको कार्यक्रममा एसोसिएशनका मिरिक महकुमा अध्यक्ष सत्येन बरदेवा, साङ्गठनिक सचिव उज्जवल मग्राती, सहदेव दर्जी आदि उपस्थित थिए। बाबा साहेब भीमराव अम्बेडरको फोटोमा फूल दीप अर्पण गरेपछि अल इण्डिया नेपाली सेडुलकास्ट एसोसिएशन मिरिक महकुमा समितिले श्रद्धाञ्जलि अर्पण गर्यो। यस अवसरमा अल इण्डिया नेपाली सेडुलकास्ट एसोसिएशन मिरिक महकुमा समितिका अध्यक्ष सत्येन बरदेवा अनि प्रमुख संरक्षक एसबी गजमेरले अम्बेडकरको जीवनीबारे जानकारी गराउँदै तिनले संविधान निर्माणमा दिएको योगदानबारे विस्तृत जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *