अल इण्डिया प्लान्टेसन वर्कस फेडरेसनको आयोजनामा दार्जिलिङमा 2 दिने सर्व भारतीय सम्मेलन हुने

मिरिक (निसं): दार्जिलिङ चियाकमान मजदुर युनियनका नेता किस्मत तामाङले आगामी 1 र 2 दिसम्बरको दिन अल इण्डिया प्लान्टेसन वर्कस फेडरेसनको आयोजनामा दार्जिलिङको जीमखाना क्लबमा सर्व भारतीय सम्मेलन हुने जानकारी गराउँदै सबैलाई सहभागी भइदिने अनुरोध गरेका छन्। तिनले यस विषयमा मिरिकमा ब्यापक पोष्टरिङ गरिएको अनि सबैलाई उक्त सम्मेलनमा सहभागी भइदिने अनुरोध गरिएको जानकारी दिँदै उक्त सम्मेलनमा भारतभरिका श्रमिक नेताहरू उपस्थित रहने बताए। उक्त सम्मेलनमा चियाकमान,सिन्कोना बगान अनि रबर खेती आदिबारे व्यापक चर्चा-परिचर्चा गरिने अनि श्रमिकहरूको हक र अधिकारको सङ्घर्षलाई सक्रिय रूपले अघि लैजाने मुल उद्देश्य लिएर नै सम्मेलनको आयोजना गरिएको तिनले बताएका छन्। तिनले उक्त सम्मेलनको लागि तयारी भइरहेको पनि बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *