आलोक चक्रवर्ती र ज्योति तिर्की तृणमूलमा सामेल

श्रमिक आलोक चक्रवर्ती पुनः तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। तिनी तृणमूल कङ्ग्रेसमा सामेल भएपछि केही वर्षअघि कङ्ग्रेसमा सामेल भएका थिए। तर विधानसभा चुनाउ अगावै कङ्ग्रेस छोडेर पुनः तृणमूलमा सामेल भएका छन्। आज कोलकातामा पार्थ च्याटर्जीले दलीय झण्डा प्रदान गरेर तिनलाई आफ्नो पार्टीमा स्वागत जनाए। यस अवसरमा दार्जिलिङ जिल्लाका तृणमूल अध्यक्ष रञ्जन सरकार पनि उपस्थित थिए। यसबाहेक आज दार्जिलिङ जिल्लाका आदिवासी नेत्री ज्योति तिर्की पनि तृणमूल कङ्ग्रेसमा सामेल भएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *