अल्पसंख्यक बोर्डबारे मझुवामा सभा सम्पन्न

बिजनबारी: अल्पसंख्यक समुदाय केन्द्रीय अध्यक्ष रेभ, फादर सोलोमान सुब्बाको प्रमुख अतिथ्य तथा मझुवा युसीएमओ युनिट सभापति पेमल शेर्पा, साइमन मुखिया र अन्य पास्टरहरूको उपस्थितिमा एउटा सभा सम्पन्न भयो।  सुबास राईद्वारा सञ्चालित सभालाई पास्टर साइमान मुखियाको प्रार्थनाद्वारा आरम्भ गरियो भने रेभ फादर सोलोमान सुब्बाले युसीएमओ पहाड़मा गठन गर्नुको अवश्यकताबारे बताउँदै सबैजना यस समय एकतामा बसेर काम गर्नुपर्ने अपील गरे।


अर्कोतिर सभामा स्थानीय भिक्टर चर्चको नानीहरुद्वारा सुन्दर नृत्य प्रस्तुत गरियो भने मझुवा युनिटको तर्फबाट रेभ, फादर सोलोमान सुब्बालाई स्मृति चिन्ह प्रदान गरियो। 18 वटा चर्चको पास्टरहरू उपस्थित भएको सभालाई पास्टर वसन लिम्बुको प्रार्थनापछि समापन गरिएको युनिट प्रसार सचिव सुरज राईले जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *