अलुआबाडी-ठाकुरगञ्ज-सिलगढी रेल खण्डको निरीक्षण गर्न आउने डीआरएम

खोरीबारी : अलुआबाडी-ठाकुरगञ्ज-सिलगढी रेल खण्डको निरीक्षण गर्न आइरहेका पूर्वोत्तर सीमान्त रेलवेका महाप्रबन्धक सञ्जीव रायको भ्रमणलाई केन्द्र गरेर कटिहार डीआरएमले मंगलबार ठाकुरगञ्ज स्टेशनको निरीक्षण गरे। एनएफ रेलवेका महाप्रबन्धक सिलगढी-अलुआबाडी रेल खण्डको निरीक्षणमा आउने भएकोले यसलाई लिएर विभागले तयारी शुरू गरेको छ। प्राप्त जानकारीअनुसार आगामी 13 जनवरीको दिन एनएफ रेलवेका जीएम सञ्जीव रायले बिहान 9 बजी अलुआबाडीदेखि निरीक्षण शुरू गरेर ठाकुरगञ्ज, नक्सलबारी, सिलगढी हुँदै एनजीपीसम्म आइपुग्ने भएका छन्। जीएमको यस भ्रमणलाई केन्द्र गरेर मंगलबार कटिहार डीआरएमले रेल मण्डलका अधिकारीहरूसँग ठाकुरगञ्ज स्टेशनको निरीक्षण गरे। ठाकुरगञ्ज रेल यात्री समितिका संयोजक सिकन्दर पटेलको नेतृत्वमा एउटा प्रतिनिधि मण्डलले तिनलाई भेट गरेर ठाकुरगञ्ज स्टेशनमा यात्री सुविधा बढाउने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *