अमर लामाहरूको गैर जिम्मेवार बयानले चियाबारीका वासिन्दाहरूलाई गहिरो आघात पुऱ्याएको छ : लाडुप घिसिङ

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीका महासचिव तथा जीटीएका मुख्य कार्यपाल अनित थापाका प्रमुख सल्लाहकार अमर लामाले “चियाकमान जीटीएमा पर्दैन, बोनस मालिकले दिन्छ” भन्ने दिएको बयानले सम्पूर्ण चियाबारीका वासिन्दाहरुलाई गहिरो आघात पुऱ्याएको छ भनि लाडुप घिसिङले पत्रकारहरूलाई बताए। तिनले बताए अनुसार परेको समयमा साथ दिनुको सट्टा जीटीए प्रमुखका सल्लाहकार अमर लामाले जुन बिचार व्यक्त गरे, त्यसले तिनीहरूको नीति र परिचय उदाङ्गो भएको छ। सरकारसँग मिलेर जनतालाई सुविधाहरू दिनेछु भनि जीटीए-को चौकी हत्याउनेहरू कै कारण आज सबैले दुख पाएको हो भनि घिसिङले थप बताए। चिया श्रमिकहरूको निम्ति भनि उठाइएको रिलिफ्-फण्डले श्रमिक भवन होइन, यो संकटकालमा चिया श्रमिकहरूको निम्ति प्रयोग गरिएको हुनुपर्छ र यसपालिको पूजा-बोनस एकैसाथ 20 प्रतिशतको दरले स-सम्मान दिइनुपर्छ भन्ने हाम्रो पार्टीको अडान स्पष्ट रहेको तिनले बताएका छन्। तिनले अझ भने, बंगाल सरकारको खेताला भएर आफ्नै दाज्यु-भाइ, दिदी-बहिनीहरूलाई यसरी होच्याउने मानसिकता भएकाहरूलाई हामीले उचित जवाब दिने समय आएको छ। यस्ता मिरजाफरहरू कै कारण हामीलाई सबैले हेप्न थालेको छ भन्दै घिसिङले अब सबै एकत्रित भएर आफ्नो अधिकारको निम्ति अघि आउने आव्हान गरेका छन्।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *