अमर राई र रूदेन लेप्चा जिल्ला अस्पताल रोगी कल्याण समितिको अध्यक्ष नियुक्त

दार्जिलिङ : राज्य सरकारद्वारा हिजो 23 दिसम्बरको दिन जारी गरेको एउटा सरकारी सूचना अनुसार दार्जिलिङ जिल्ला अस्पतालको रोगी कल्याण समितिको अध्यक्ष पदमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय सदस्य अमर राईलाई चयन गरिएको छ।


त्यसै गरी, कालेबुङ जिल्ला अस्पतालको रोगी कल्याण समितिको अध्यक्ष पदमा कालेबुङको विधायक तथा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय उपाध्यक्ष रूदेन सादा लेप्चालाई मनोनित गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *