आमबाडी मन्दिरको पुजारीको हत्या आरोपमा दुई जना पक्राउ

राजगञ्ज: आमबाडीको एउटा मन्दिरका पुजारी प्रह्लाद सरकारको हत्याको आरोपमा पुलिसले दुईजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा उत्तम राय (21) र विक्रम भौमिक (19) सामेल छन्। प्राप्त जानकारी अनुसार आमबाडीको हरिचरणभिट्टा र गोकुलभिट्टाबाट गत राति दुईजना युवकलाई पक्राउ गरिएको हो। आरोपीहरूलाई आज जलपाइगढी अदालतमा पेश गरियो। पक्रा पर्नेहरूसित पुसिलले सोधखोज गर्दा आरोपीहरूले बताए अनुसार कहिले काहीं ती दुईजना युवक उक्त मन्दिर परिसरमा नशा गर्न जाने गर्दथे। घटनाको राति पनि तिनीहरू मन्दिर गएका थिए तर पुजारीसित सामान्य झगडा भएपछि तिनको हत्या गरिदिए।  


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *