अम्बटे चियाबारीमा श्रमिकहरूद्वारा धरना साथै गेट मिटिङ जारी

खरसाङ (निसं): बन्सल कम्पनी अधीनस्थ रहेको 10 वटा चियाबारीहरूमा चियाबारी श्रमिकहरूले वेतन नपाएको कारणले लगातार रुपमा धरना चलिरहेको छ। त्यसरी खरसाङ महकुमा अन्तर्गत अम्बटे चियाबारीमा पनि आज धरना साथै गेट मिटिङको आयोजना गरियो।  बन्सल कम्पनी अधीनस्थ अम्बटे चियाबारीमा श्रमिकहरूको दुई खर्च र एक महिनाको तलब हालिदिएको भए तापनि आज पनि धरना र गेट मिटिङ भने जारी रह्यो। अम्बटे चियाबारीका श्रमिकहरूले दुई खर्च र एक तलब दिएर मात्रै हुँदैन तर रहल सबै पैसा सबै दिनुपर्ने साथै श्रमिकहरूले पाउनु पर्ने करोड़ रुपियाँको पीएफ र लाखौं रुपियाँको ग्राजुएटी पनि प्रदान गरिनुपर्छ भन्ने मांग गरेका छन्।


यसै कारणले अम्बटे चियाबारीमा आज पनि धरना साथै गेट मिटिङ सम्पन्न भएको बताइएको छ। आजको गेट मिटिङलाई भागोप्रमो-को स्थानीय नेतृत्व अमृत छेत्रीले सम्बोधन गर्दै अम्बटे चियाबारीका श्रमिकहरूले कमानको गेट र अफिस घेर्दा मात्रै खर्च दिने तर सुचारु रुपले कार्य गर्दा चाहिँ खर्च नदिने भन्दै हामी चाहान्छौं सरकारले कम्पनीको लिज खारेज गरेर अर्को नयाँ कम्पनीले पायोस् नत्र कम्पनीले हाम्रो खर्च नियमित रुपले दिनुपर्छ साथै हाम्रो पीएफ र ग्राजुएटी पनि प्रदान गरिनुपर्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *