अम्बटे साहित्यिक समागमद्वारा साना विद्यार्थीहरूलाई लिएर कविता वाचन प्रतियोगिता सम्पन्न

खरसाङ : खरसाङको अम्बटे साहित्यिक समागम अम्बटे चियाबारीले स-साना विद्यार्थीहरूलाई लिएर कविता वाचनको कार्यक्रम सम्पन्न गरियो। नव गठित अम्बटे साहित्यिक समागमको यो पहिलो कार्यक्रम यहाँको पाँचघरे सार्वजनिक भवनमा सम्पन्न भयो। ज्ञानदीप पाठशालाका शिक्षक देवकुमार थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पाँचघरे ग्राम सुधार कल्याण समितिका पूर्व अध्यक्ष गणेश छेत्री प्रमुख अतिथिका रूपमा उपस्थित थिए। अम्बटे क्षेत्रका स-साना विद्यार्थीहरूलाई लिएर राखिएको कविता वाचन प्रतियोगितामा क्रमैले लक्ष्य थापा, सेरौन मंगर, छोदेन तामाङ अनि प्रतिष्ठा थापा निर्णायक मण्डलीमा थिए। शुभेच्छा थापाद्वारा संञ्चालित कार्यक्रममा मोठ आठ जना बाल प्रतियोगीहरूले भाग लिएका थिए, जसमध्ये ऐन्जल शंखर प्रथम, अपेक्षा मोक्तान दोस्रो, सुप्रभा राई तेस्रो भए भने अर्नब सार्कीले चौंथो स्थान प्राप्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *