अम्बियोकमा प्राथमिक स्वास्थ्य केन्द्र भवनको निर्माण कार्य शुरू

गोरूबथान: जीटीएका कार्यकारी सभासद् रतन थापाले गत महिना आधारशिला राखेको कालेबुङ जिल्ला अन्तर्गत पर्ने अम्बियोकमा 10 बेडको प्राथमिक स्वास्थ्य केन्द्र भवनको निर्माण कार्य आरम्भ भएको छ। उत्तर बंगाल उन्नयन परिषदद्वारा गोरूबथान खण्डको 6 वटा चियाबारीका वासीन्दाहरूको निम्ति निर्माण हुन गइरहेको यस अस्पतालको लागत 2 करोड रुपियाँ रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार, यस अस्पतालमा मेल वार्ड 5 वटा , फिमेल वार्ड 5 वटा, माइनर प्रोसेडुर रुम, बेबी नर्सरी, वार्ड स्टोर, नर्सेस ड्युटी रुम, इलेक्ट्रिकल रुम, रेजिस्ट्रेशन रुम, मेडिकल अफिसर रुम, फार्मेसी, इमुनाइजेसन/कोल्ड रुम, ल्याब आदि हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *