एम्बुलेन्स चालकलाई कुटपीट गरेको आरोपमा एकजना पक्राउ

सिलगढी : कोरोना संक्रमितहरूलाई बोक्ने एम्बुलेन्स चालकलाई कुटपीट गरेको आरोपमा विवेक खवास नाम गरेको एकजना युवकलाई पुलिसले पक्राउ गरेपछि आज अदालतमा पेश गर्यो। प्राप्त जानकारीअनुसार कोरोना संक्रमितहरूलाई बोक्ने एउटा एम्बुलेन्सका चालकले हिजो रोगीलाई पुर्‍याएपछि सिलगढीको नौकाघाट इलाकाको एउटा दोकानमा केही सामग्रीहरू किन्न गएका थिए। त्यस समय दुईजना युवकले मदपान गरेको अवस्थामा उक्त चालकलाई कुटपीट गरेको आरोप रहेको छ। घटनाबारे एनजेपी थाना पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर विवेक खवासलाई पक्राउ गरे तापनि अन्य एकजना युवक घटनास्थलबाट भाग्न सफल भए। पुलिसले आरोपी अन्य युवकको खोजी शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *