एम्बुलेन्स दुर्घटना हुँदा 2 जना घाइते

सिलगढी : सिलगढीको नौकाघाट मोडमा एउटा एम्बुलेन्स दुर्घटनामा परेर 2 जना गम्भीर रूपमा घाइते भएका छन्। प्राप्त जानकारी अनुसार गत राति उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालबाट एउटा एम्बुलेन्स नौकाघाटतर्फ गइरहेको समय दुर्घटनाग्रस्त हुँदा चालक लगायत अन्य एकजना गम्भीर रूपमा घाइते भएको बताइएको छ। के कारणले गर्दा उक्त दुर्घटना भएको भन्नेबारे थाहा लागेको छैन। घटनापछि स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ। उक्त ठाउँमा बारम्बार यस प्रकारको दुर्घटना हुने गरेकोले प्रशासनको भूमिकालाई लिएर मानिसहरूले प्रश्न चिन्ह खडा गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *