अमित शाहद्वारा भारत-बङ्ग्लादेश सिमानाको तिनबिघा कोरिडरको निरीक्षण

मेखलीगञ्ज : भारत-बङ्ग्लादेश सिमानाको मेखलीगञ्जस्थित तिनबिघा कोरिडरको केन्द्रीय गृहमन्त्री अमित शाहले आज निरीक्षण गरे। आज बिहान 11 बजी हेलिकप्टरको माध्यमद्वारा तिनी भारत-बङ्ग्लादेश सिमानाको तिनबिघा कोरिडरमा पुगे। यसपछि बीएसएफको कन्फरेन्स हलमा बीएसएफका डीजी, एडीजी, आईजी, डीआईजी पदका अधिकारीहरूसित लगभग एक घण्टासम्म बैठक गरेपछि तिनले तिनबिघा कोरिडरको निरीक्षण गरे। यसको साथै तिनी जीगाबारी बीओपीमा गएर बीएसएफका जवानहरूसित पनि भेट गरे। उक्त निरीक्षण अवधि अमित शाहसित कुचबिहारका सांसद तथा मन्त्री निशीथ प्रामाणिक, सुकान्त मजुमदार, शुभेन्दु अधिकारी उपस्थित थिए। कुचबिहारको भ्रमणपछि तिनी आज दिउँसो 12 बजेर 30 मिनटमा हेलिकप्टरमा सवार भएर त्यहाँबाट प्रस्थान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *