अनाथ तीनजना नानीलाई पूर्व विधायक शंकर मालाकारद्वारा सहयोग

नक्सलबारी : नक्सलबारीमा एउटै परिवारका तीनजना अनाथ नानीको सहयोगको लागि पूर्व विधायक तथा कङ्ग्रेसका दार्जिलिङ जिल्ला अध्यक्ष शंकर मालाकार अघि आएका छन्। कोरोना महामारीको कारण आर्थिक समस्याले गर्दा उक्त नानीहरूलाई भोजनको समस्या भइरहेकोले गर्दा आज पूर्व विधायकले तिनीहरूलाई खाद्य सामग्रीहरू प्रदान गरे। यसको साथै तिनले ती अनाथ नानीहरूको हर सम्भव सहयोग गर्ने आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *