अन्ध विश्वासको नाममा डर देखाएर रूपियाँ ठग्ने 3 जना बहुरूपी ठग पुलिस हिरासतमा

 


सिलगढी (निसं): बहुरूपी भेषमा मानिसहरूलाई विभिन्न डर देखाएर रूपियाँ ठग्ने 3 जनालाई सिलगढी ट्राफिक पुलिसको सहायतामा पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार सिलगढी सहर अनि यसको संलग्न इलाकामा बहुरूपीको भेषमा मानिसहरूलाई अन्ध विश्वासको नाममा डर देखाएर रूपियाँ ठग्ने गर्थे। हालै दार्जीलिङ मोड नजिक पनि यस्तै घटना घटेको थियो। दार्जीलिङ मोड ट्राफिक पुलिसले यस मामिलाबारे थाहा पाएपछि पुलिसले अपराधीहरूको खोजी सुरू गरेका थिए।

यसैक्रममा मंगलवार फेरि सहरमा तीन जना अपराधी देखे। तिनीहरू अटोमा चढेर चेकपोस्ट तर्फ गइरहेका थिए। उक्त समय जंक्शन ट्राफिक गार्डका ASI –ले तिनीहरूलाई देखे। यसपछि तीन जनालाई पिछा गर्दै जाँदा सर्किट हाउस नजिक पुगेपछि तिनीहरूलाई पक्रिए। यसपछि प्रधाननगर थाना पुलिसलाई घटना बारे जानकारी गराए अनि पुलिस घटनास्थलमा पुगे।


स्थानीय मानिसहरूले बताए अनुसार यी ठगहरूले बहुरूपीको भेषमा अन्ध विश्वासको नाममा मानिसहरूलाई डर देखाएर तिनीहरूबाट धेरै रूपियाँ वसुल गर्थे। पुलिसले तीनै जनालाई हिरासतमा लिएपछि प्रधाननगर थाना पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।  

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *