अन्धविश्वासको कुसंस्कारले दुईजना शिशुको मृत्यु, दुई सिकिस्त उपचाराधीन अवस्थामा

मालदा : चिकित्सककहाँ नगएर अन्धविश्वासको आधारमा झारफुक गर्ने हुँदा दुईजना शिशुको मृत्यु भएको छ भने अन्य दुईजना शिशुको हाल अस्पतालमा उपचार चलिरहेको छ। उक्त घटना मालदाको गाजोल थानाको आलल इलाकामा घटेको हो। प्राप्त जानकारीअनुसार शुक्रबार साँझ चारजना शिशुहरू एकैसाथ खेलिरहेको समय ती शिशुहरू अचानक बेहोश भएको बताइएको छ। यसपछि ती शिशुहरूलाई उपचारको निम्ति चिकित्सककहाँ नलगेर अन्धविश्वासको आधारमा झारफुक गरेपछि शिशुहरूको अवस्था अझ खराब बन्न पुग्यो। यसपछि आशंकाजनक अवस्थामा तिनीहरूलाई मालदा मेडिकल कलेज एवम् अस्पतालमा लगिरहेको समय बाटोमै 7 वर्षीय फिरोज अली नाम गरेको एकजना बालकको मृत्यु भयो भने अन्य एकजना 5 वर्षीय शफीकुल इस्लामको उपचाराधीन अवस्थामा मृत्यु भएको बताइएको छ। यसबाहेक, अन्य दुईजना 3 वर्षीय शबनम खातुन र 5 वर्षीय कोहिनुर खातुनको आशंकाजनक अवस्थामा हाल अस्पतालमा उपचार चलिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *