अनिस खानको हत्याको निष्पक्ष जाँच गरिनु पर्ने मागमा माकपाको रेली

सिलगढी: आलिया विश्वविद्यालयको वाम छात्र नेता अनिस खानको हत्याको निष्पक्ष जाँच गरिनु पर्ने माग गर्दै हाल माकपाले राज्यभरिमैं विरोध प्रदर्शन गरिरहेको छ। यसैक्रममा सिलगढीमा पनि माकपाको तर्फबाट आज अपरान्ह विरोध प्रदर्शन गरियो। सिलगढीको माकपा पार्टी कार्यालय अनिल विश्वास भवन अघिल्तिरबाट आज एउटा रेली निकालिइयो। उक्त रेलीले सहरको विभिन्न ठाउँहरूको परिक्रमा गऱ्यो। यस अवधि वामफ्रन्ट नेता जीवेश सरकार, जय चक्रवर्ती लगायत अन्य नेता तथा समर्थकहरू उपस्थित थिए।


 

 


 

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *