अनित थापा आजदेखि तीनदिने कालेबुङ भ्रमणमा, समर्थकहरूद्वारा भव्य स्वागत

कालेबुङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा गठन भएपछि पार्टी अध्यक्ष अनित थापा पहिलो पल्ट आज 3 दिवसीय कालेबुङ भ्रमणमा आइपुगेका छन्। पार्टी कार्यकर्ताहरूद्वारा अनित थापालाई भव्य रूपमा स्वागत जनाउँदै कालेबुङ शहरको परिक्रमा गराइयो। यस अवसरमा पार्टीका महासचिव अमर लामा लगायत अन्य शीर्ष नेतृत्वहरू पनि उपस्थित थिए। यस अघि कालेबुङ प्रस्थान गर्दा तिनीहरूलाई पार्टीका समर्थकहरूले टिस्टादेखि नै विभिन्न ठाउँहरूमा रोकेर खदा लगाइ दिएर भव्य स्वागत जनाए। पार्टी सूत्रले दिएको जानकारी अनुसार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाले तीनदिन कालेबुङमा बिताउने छन् भने यस अवधि पार्टीको साङ्गठनिक क्रियाकलापबारे पार्टीका कालेबुङ जिल्लाका शीर्ष पदाधिकारीगण तथा अन्य कार्यकर्ताहरूसित बैठक गर्नको साथै पार्टीको भावी रणनाति बारेमा पनि चर्चा गरिने थाहा लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *