अनित थापाद्वारा कोरोना सम्बन्धी चिकित्सा सामग्रीहरू प्रदान

खरसाङ : गोजमुमो महासचिव अनित थापाद्वारा खरसाङ खण्डको तीनधारे महानदी समष्टि अन्तर्गत जोगमाया चियाबारीमा वर्तमान कोरोना भाइरसको खतरालाई ध्यानमा राखेर विभिन्न सामग्रीहरू प्रदान गरियो। जोगमाया चियाबारीको गाउँलाई प्रदान गरेको सर समानहरूमा पीपीई किट्स, मास्क, सेनिटाइजर र स्प्रे मसिनहरू सामेल छन्। यसरी कोरोना भाइरसको महामारीबीच गाउँलाई सर-समानहरू प्रदान गरिदिएकोमा स्थानीय मानिसहरूको पक्षमा जोगमाया बुथ स्तरीय कमिटीका सभापति जीवन मगरले गोजमुमो महासचिव अनित थापाप्रति आभार प्रकट गरेका छन्। अनित थापाले कोरोना महामारीको समय हाम्रो गाउँलाई माया गरेर यसरी सर समानहरू प्रदान गरिदिएकोमा हामी आभारी छौं भनी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *