अनित थापाद्वारा चुङथुङका अग्निपीडित गोबिन्द प्रधानलाई भेटेर आर्थिक सहयोग प्रदान

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापा अनि पार्टी महासचिव अमर लामा आज स्वयम् चुङथुङ चियाबारीको सल्लाबारीमा अग्निपीडित गोबिन्द प्रधानको घरमा पुगेर पीडित परिवारसित भेटेर सबै कुरोको जानकारी लिए। यसको साथै पिडित परिवारलाई उत्साह दिए अनि घर चाँडै निमार्ण गर्नको निम्ति केही आर्थिक सहयोग पनि प्रदान गरे। यस कार्यको निम्ति भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा एवम् महासचिव अमर लामाप्रति गोबिन्द प्रधानले कृतज्ञता प्रकट गरेका छन्। स्मरण रहोस, दार्जिलिङको चुङथुङ मेरीबुङ तामसाङ समष्टि अन्तर्गत चुङथुङ चियाबारी सल्लाबारीमा गत केही दिन अघि सल्लाबारी निवासी गोबिन्द प्रधानको घर जलेर घरको सबै सर-समान जलेर स्वाह भएको थियो भने केही पनि सर-सामानहरू निकाल्न पाएको थिएन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *