अनित थापाद्वारा दार्जिलिङ मंगलपुरीको अमर ज्योति सार्वजनिक भवनको शिलान्यास

दार्जिलिङ: जीटीए चेयरम्यान अनित थापा हाल दार्जिलिङमा नै बसेर यहाँका विभिन्न वार्डका समस्या तथा असुविधाहरूको समाधान गर्ने उद्देश्य लिएर यहाँका विभिन्न ठाउँहरूको परिभ्रमण गरिरहेका छन्। यसै क्रममा आज दार्जीलिङ नगरपालिका अन्तर्गत 17 नम्बर वार्ड अनि मंगलपूरी ग्रामले आयोजना गरेको एउटा भेटघाट कार्यक्रममा तिनले अंशग्रहण गरे। यस अवधि चेयरम्यान अनित थापाले अमर ज्योति सार्वजनिक भवनको विधिवत् रूपमा शिलान्यास गरे। यहाँका वार्डवासीहरूको दीर्घकालीन माग रहेकोले गर्दा नै उक्त यो सार्वजनिक भवनको आज शिलान्यास गरिएको बताइएको छ।


शिलान्यास कार्यक्रममा भेला भएका वार्डवासीहरूलाई सम्बोधन गर्दै तिनले आफुहरूले गर्दै आइरहेको सबै शिलान्यासको काम कार्यान्वित रूपमा पूरा गरिरहेको दावी गर्दै यसको पनि अवश्यै काम पूरा गर्ने वचन दिए। तिनले अझ भने, “हामी जे भन्छौ त्यही गर्छौ। आन्दोलन गरेर हामीलाई केही कुराको पनि हासिल हुँदैन भनेर हामीले बुझेका छौं। यो आन्दोलनदेखि हामी टाढा बस्नु पर्छ। लिडर अनि उसका नानीहरू आन्दोलनको समय कहिले पनि सडकमा निस्केनन्। केवल जनता सडकमा हुन्छन्। लिडरहरु कुर्सीमा बस्छन् तर जनतालाई केवल आन्दोलन गर्न लगाउँछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *