अनित थापाद्वारा गाडीधुरामा शहीद मेजर दुर्गा मल्लको सालिगको अनावरण

मिरिक : पहिलो गोर्खा शहीद मेजर दुर्गा मल्लको सालिगको आज गाडीधुरामा  जीटीए चेयरम्यान अनित थापाले अनावरण गरे। भारतीय स्वतन्त्रता सङ्ग्राममा आहुती दिने पहिलो गोर्खा शहीद मेजर दुर्गा मल्लको योगदानलाई सम्वर्द्धन एवम् प्रवर्द्धन गर्ने उद्देश्य राखेर गाडीधुरा नवदीप परिवारको विशेष पहलमा आज गाडीधुरा बजारमा शहीद  मल्लको सालिगको अनवरन गरियो।


भव्य कार्यक्रममाझ सम्पन्न सालिग अनावरण समारोहमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका चेयरमेन अनित थापाले शहीद दुर्गा मल्लको सालिगको अनवरण गरे। यस अवसरमा पश्चिम बङ्गाल सरकारको बङ्गरत्न पुरस्कारद्वारा सम्मानित नाट्य भूषण सीके श्रेष्ठ विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। गोमा सुब्बा द्वारा सञ्चालित कार्यक्रममा अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *