अनित थापाद्वारा घुम्ती कमानलाई कोरोनासित लड्न सामग्रीहरू प्रदान

खरसाङ : गोजमुमो महासचिव अनित थापाले खरसाङ नजिक घुम्ती कमानलाई कोरोना भाइरसविरूद्ध लड्नको लागि केही सामानहरू प्रदान गरेका छन्। तिनकै बाहुलीबाट आज घुम्ती कमानको लागि 2 वटा स्प्रे मशीन, 20 लिटर क्यामिकल, 15 वटा फेस शिल्ड, 100 वटा सर्जिकल मास्क अनि 5 वटा पीपी किट्स प्रदान गरियो। उक्त सामग्रीहरू घुम्ती ग्राम सुधार समितिका सदस्यहरू अनि सर्भिलेन्स टीम घुम्ती कमानका सदस्यहरुलाई हस्तान्तरण गरिएको छ। उक्त सामग्रीहरू आज खरसाङको नयाँ बजारस्थित कम्युनिटी हलबाट प्रदान गरियो। यस अवसरमा गोजमुमो खरसाङ महकुमा समितिको साङ्गठनिक सचिव एवम् सर्भिलेन्स कमिटी तीनधारे महानदी समष्टिको संयोजक राजीव थापा लगायत अन्यहरू उपस्थित थिए।यसरी घुम्ती कमानलाई सामग्रीहरू सहयोग गरिदिएकोमा घुम्तीका सम्पूर्ण पार्टी कर्ताहरुको तर्फबाट पार्टी महासचिव अनित थापालाई धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *