अनित थापाद्वारा मामरिङमा बाटोको शिलान्यास

खरसाङ: गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनले खरसाङ महकुमा अन्तर्गत मध्य मामरिङमा प्रगतिशील ग्रामिण पुस्तकालयदेखि राखाली गाउँ हुँदै तोयाक उच्चत्तर माध्यमिक विद्यालयसम्मको बाटोको निर्माण कार्य गरिने भएको छ। बाटोको दूरी 3.07 किलो मिटर रहेको छ। आज गाँउवासीले आयोजना गरेको एक रंगारङ कार्यक्रममाझ जीटीए अध्यक्ष अनित थापाले यो बाटोको शिलान्यास गरे। कार्यक्रममा बीओए सदस्य अनु प्रधान, जैतून निशा खातुनको पनि विशेष उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *