अनित थापाद्वारा टुंग सन्तमेरिज आईटीआई-मा नयाँ सार्वजिनक भवनको उद्घाटन

खरसाङ : खरसाङको टुङ्ग सन्त मेरिज समष्टि अन्तर्गत आईटीआई-मा जीटीए चेयरम्यान अनित थापाको बाहुलीबाट सार्वजनिक भवनको आज उदघाटन गरियो। टुंग सन्तमेरिज क्षेत्रका जनताको लागि नयाँ वर्षको उपहारस्वरुप जीटीए चेयरम्यानद्वारा नयाँ सार्वजिनक भवनको उद्घाटन गरेर जनसाधारणलाई सुम्पेका छन्। यस समारोहमा विशेष गरी गोर्खा जनमुक्ति मोर्चा महकुमा समितिको जीटीए बीओए सदस्या अनु प्रधान, कार्यकारी सभापति समीरदिप ब्लोन, महासचिव अनोश थापा, समष्टी सभापति युवा सचिव, डीटीडीपीएलयु खरसाङ महकुमा समिति सभापति प्रणाम रसाईली अनि अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।


 


उद्घाटन पछि जीटीए चेयरम्यान अनित थापाले सबैलाई नयाँ वर्षको शुभकामना दिँदै नयाँ सार्वजिनक भवन क्षेत्रका मानिसहरूलाई नयाँ वर्षको उपहार रहेको र भवनमा चाँढ़ै शौचालय, किचन र पानीको पनि व्यवस्था गरिदिनु भनी निर्देशन दिएका छन् । तिनले हामी दार्जीलिङ पहाड़वासी सबै मिलेर एकतामा रहनु पर्ने साथै सबैले पहाड़लाई माया गरी बनाउनु पर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *