अनित थापाको खरसाङस्थित गिद्ध पहाड़ समष्टिमा पार्टीको चुनाउ कार्यालय उद्घाटन

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले चुनाउ लडिरहेको 29 नम्बर खरसाङ गिद्ध पहाड़ समष्टिको विभिन्न बुथहरूमा चुनाउ प्रचार तीव्र गतिमा चलिरहेको छ। यसै क्रममा आज खरसाङ गिद्ध पहाड़ समष्टि अन्तर्गत वार्ड नम्बर 11 मा चुनाउ कार्यालयको वार्ड सह को-अर्डिनेटर बीरेन प्रसादको बाहुलीबाट उदघाटन गरियो।


यसको साथै वार्ड नम्बर 11 को लागि चुनाउ को-अर्डिनेशन कमिटी पनि गठन गरियो। उक्त कमिटीमा को-अर्डिनेटरको रूपमा नारी शक्ति केन्द्रीय सदस्या जैतुन निशा खातुन, सह को-अर्डिनेटरहरू क्रमैले बीरेन प्रसाद, प्रणय तामाङ, अनु प्रधान, अनु लामा, मेनुका तामाङ, कोषाध्यक्षामा नितु गुरुङ, सह कोषाध्यक्षामा सन्नी लामा लगायत कार्यकारी सदस्यहरू चयन गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *