अनित थापाको नेतृत्वमा ‘चेन्ज फर मिरिक’ पदयात्रा

मिरिक : गोजमुमो विनय खेमाका प्रार्थीहरूको समर्थनमा आज मिरिकमा एउटा जनसभाको आयोजना गरियो। मिरिकमा ‘Change for Mirik’-को संदेश बोकेर गोर्खा जनमुक्ति मोर्चाका महासचिव अनित थापाले आज एउटा जनसभा सम्बोधन गरे। जनसभा शुरू हुन अघि मिरिक बजारबाट एउटा पदयात्रा निकालेको थियो। उक्त जनसभामा 13 वटा विकास बोर्डका अध्यक्षहरू, भूतपूर्व सैनिक संगठन, मिरिकको संघ-संस्थाका प्रतिनिधिहरू पनि उपस्थित थिए। जनसभालाई सम्बोधन गर्दै अनित थापाले भने, मिरिकवासीले मनको आवाज भन्नु चाहेर पनि भन्नु नसकेको, आवाज दबिएको मैले महसुस गरे। मिरिकको दबिएको आवाजलाई मैले change for mirik को नारा दिएर त्यो दबिएको आवाजलाई खोलिदिएको छु।


मिरिकको आवाज भएर आएको छु, तपाईंको ढुकढुकी भएर आएको छु, मिरिकको जिब्रो भएर आएको छु भनी बताए। तिनले अझ भने, आफ्नै दाज्यु भाइ चेयरम्यान हुँदा पनि केही पनि गर्नु नसक्ने, जात जातमा टुक्राउने नेताहरू समेतलाई एकसाथ गराउनु नसक्ने नेताहरूलाई आजको ऐतिहासिक एकता सभा ठुलो झापड हो। हाम्रो गोर्खा एकता सदैव कायम रहोस्। आजको ठुलो उपलब्धि सबै गोर्खाहरू एक मञ्चमा उभिएका छौँ। विकास बोर्ड सम्मलाई एक मञ्चमा उभिन गाह्रो परेको थियो। विगतका नेताहरूले षड्यन्त्र गरेर गोर्खालाई जात-जातमा टुक्रा पारिदिए। तर आज सबै जातका प्रतिनिधिहरू एउटा मञ्चमा ल्याउनु सकेको छु। एउटा मञ्चमा उभिएर गोर्खा टुक्रिएको छ भन्ने भ्रमलाई हटाउनको लागि आज मञ्चमा उपस्थित भइदिनु भएकोमा सबैप्रति तिनले धन्यवाद जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *