अनित थापाको पहलमा नेहुर बालासन नाम्सु गाउँदेखि बालासन बगर हुँदै ग्यामन पुलसम्म जोडिने बाटो निर्माण कार्य युद्धस्तरमा

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाको पहलमा नेहुर बालासन नाम्सु गाउँदेखि बालासन बगर हुँदै ग्यामन पुलसम्म जोडिने बाटो युद्धस्तरमा निर्माण भइरहेको स्थानीय फुर्बा तामाङले जानकारी दिएका छन्। तिनले जनाएअनुसार विगत 1968 सालमा आएको भल पैह्रोले क्षतिग्रस्त भएपछि उक्त बाटो पूर्ण रूपले बन्द भएको थियो। उक्त बाटोको निर्माण हेतु विगतमा धेरैवटा राजनीति दलहरूलाई अनुरोध गरे तापनि ती पार्टीहरूले केवल चुनाउको समयमा बाटो बनाई दिने सपना देखाएको अनि लोकसभा, विधानसभा, दागोपाप, जीटीए चुनाउ जितेर गए तर सबैले झुटो आश्वासन मात्र दिए। तर यसपल्ट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाले आफ्नो निजी कोषबाट जेसीबी लगाएर बाटो निर्माण गरिदिएकोमा नेहुर बालासनवासीको तर्फबाट थापालाई धन्यवाद दिएको तिनले बताए। जेसीबीको सहयोगमा बाटो बनाइ रहेकोले ढुङ्गा माटो भिरबाट झरेर कुनै पनि समय अप्रिय घटना हुनसक्ने सम्भावना रहेकोले बाटो निर्माण नभइन्जेलसम्म यो बाटो भएर नाम्सु बगर बालासन नदी आउजाउ नगरीदिने बालासन वरिपरिको क्षेत्रका वासिन्दालाई तिनले अनुरोध गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *