अनित थापाको पक्षमा खरसाङ बजारको वार्ड नम्बर 14-मा चुनाउ सभा सम्पन्न

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले चुनाउ लडिरहेको 29 नम्बर समष्टि खरसाङ गिद्ध पहाड़ समष्टिमा लगातार रुपमा चुनाउ प्रचार चलिरहेको छ। पार्टी अध्यक्ष अनित थापालाई जिताउनको लागि पार्टी कार्यकर्ताहरुले चुनाउ प्रचार जारी राखेका छन्। यसै क्रममा आज खरसाङ बजारको वार्ड नम्बर 14 मा चुनावी सभा सभापति देवराज भण्डारीको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभालाई टाउन कमिटीको सांगठनिक सचिव दिपेन्द्र सेवाले सञ्चालन गरेका थिए। सभामा टाउन कमिटीको सभापति राजु लामा, वार्ड नम्बर 14 को वार्ड पार्षद रबीन गोले, देवराज भण्डारी आदिले वक्तव्य राखे।


आज नै वार्ड नम्बर 14 मा भागोप्रमो-को चुनाउ कार्यालय पनि उदघाटन गरियो। सभामा वक्ताहरूले खरसाङ गिद्ध पहाड़ समष्टिबाट पार्टी अध्यक्ष अनित थापालाई जिताउने आह्वान गरे। यस अवसरमा समष्टि सभापति पेमेन्द्र गुरुङ, भागोप्रमो-को केन्द्रीय सदस्य आरबी लामा लगायत अन्यहरू उपस्थित थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ टाउन कमिटीको सभापति राजु शर्माले हामी जित्छौं नै तर जितको मार्जिन ठूलो हुनुपर्छ भन्ने उदेश्यले आफुहरू खटिरहेको बताए। तिनले पार्टी अध्यक्ष अनित थापाले जनताको लागि गरिरहेको कार्यले गर्दा पनि तिनको जीत निश्चित रहेको दाबी गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *