अनित थापाको पक्षमा खरसाङको वार्ड नम्बर 11-मा भागोप्रमो-को चुनावी सभा सम्पन्न

खरसाङ (निसं) : आगामी जीटीए चुनाउमा खरसाङको 29 नम्बर खरसाङ गिद्ध पहाड़ समष्टिका उम्मेद्वार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाको पक्षमा विभिन्न वार्डहरूमा चुनावी सभाहरू भइरहेको छ। यसै क्रममा आज खरसाङको वार्ड नम्बर 11-मा ईरसात हकको अध्यक्षतामा चुनाउ सभा सम्पन्न भयो।


नितु गुरुङले सञ्चालन गरेको सभालाई भागोप्रमो केन्द्रीय सदस्य एवम् खरसाङ टाउन कमिटीका संयोजक समीरदीप ब्लोन, 29 नम्बर खरसाङ गिद्ध पहाड़ समष्टिको सभापति पेमेन्द्र गुरुङ, समष्टी सचिव भक्तिमान तामाङ, नारी शक्ति केन्द्रीय सदस्या जैतुन निशा खातुन आदिले वक्तव्य राखे। तिनीहरूले 29 नम्बर समष्टिमा पार्टी अध्यक्ष अनित थापालाई जिताउने सबैलाई आह्वान गरे। सभामा भागोप्रमो खरसाङ टाउन कमिटीको साङ्गठनिक सचिव दिपेन्द्र सेवा, कार्यकारी सदस्य बीरेन प्रसाद लगायत अन्यहरू पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *