अनित थापाको सहयोगमा खरसाङको टुङ इलाकामा सेनिटाइज

खरसाङ: कोरोना भाइरसको बढ़दो संक्रमणलाई मध्यनजर राख्दै खरसाङको टुङ थोते खोलादेखि यसको वरिपरि क्षेत्रमा सेनिटाइज गरियो। उक्त सेनिटाइज कार्यमा विशेष गरी गाउँका युवाहरु दिपेश तामाङ, रञ्जु लामा, सुदेश छेत्री, निमा तामाङ, सुम्भम छेत्री लगायत अन्य युवाहरुको सहभागिता रहेको थियो। टुंग क्षेत्रका विभिन्न क्षेत्रहरूमा युवाहरूले कोरोना भाइरसको खतरालाई मध्य नजर राख्दै सेनिटाइज गरेका छन्। युवाहरूले टुंगको रेलवे स्टेशन परिसर, एटीएम, पोस्ट अफिस परिसर लगायत गाउँको घर-घरमा पुगेर सेनिटाइज गरे। यस सेनिटाइज कार्यको लागि गोजमुमो महासचिव अनित थापाले चाहिएको सर सामानहरू मास्क, सेनिटाइजर, पीपीई किट्स आदि प्रदान गरेको जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *