अनित थापाको सहयोगमा खरसाङको विभिन्न वार्डमा सेनिटाइज

खरसाङ : खरसाङको विभिन्न वार्डहरूमा गोजमुमो बिनय पन्थीद्वारा सेनिटाइज गरियो। खरसाङ नगरपालिका क्षेत्र अन्तर्गत वार्डहरू 9,11,12,13 र 15 मा आज सेनिटाइजको कार्य सम्पन्न गरिएको छ। गोजमुमो बिनय पन्थीका महासचिव अनित थापाको सहयोग र पहलमा यी सबै वार्डहरूमा सेनिटाइज गरिएको जानकारी प्राप्त भएको छ। वर्तमान कोरोना भाइरसको खतरालाई मध्य नजर राख्दै गाउँ-घरमा सेनिटाइज गरिएको बताइएको छ। उक्त सेनिटाइजको कार्यपछि गोजमुमो बिनयपन्थीका नेतृत्व दिपेन्द्र सेवाले पत्रकाहरूसित कुराकानी गर्दै अहिले कोभिडको दोस्रो लहरले दिनहुँजसो मानिसहरू धेरै संक्रमित भइरहेको र यो संक्रमण रोक्नलाई गोजमुमो महासचिव अनित थापाको पहलमा सबै वार्डहरूमा सेनिटाइज गर्ने कार्य गरिएको बताए।


तिनले आज विशेष रुपमा वार्ड नम्बर 9 को घर-दैलोमा गएर सेनिटाइज गरिएको बताउँदै यहाँ महासिचव अनित थापाको निर्देशनमा कोभिड रोकथामको लागि कार्य गर्नलाई कमिटी पनि गठन गरिएको र उक्त कमिटीको नाम सहयोगको हात राखिएको बताएका छन्। तिनले उक्त कमिटीसित कसैले पनि मिलेर कार्य गर्न सक्ने र सहयोग गर्न सक्ने पनि बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *