अनित थापाको सहयोगमा नागरी धजे भएर सिलगढ़ी जाने सड़क मार्गको यतायात शुरू

मिरिक: केही दिन अघि आएको मुसलधारे पानीले पैह्रो गएर यातायात बाधित बनेको नागरी धजे भएर सिलगढ़ी जाने सड़क मार्गको पैह्रो हटाएर यातायात सुचारू गरिएको छ। पोख्रेबुङ नागरी धजे पिक-अप भ्यान ओवनर एसोसिएसनको पहलमा उक्त कार्य गरियो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा नागरी धजे समष्टिको विशेष सहयोगमा अध्यक्ष अनित थापाले जेसीबी उपलब्ध गराएको जानकारी दिँदै सङ्गठनको पक्षबाट डेविड बम्जन तथा उमेश प्रधानले अध्यक्ष अनित थापा, समष्टि अध्यक्ष अञ्जुल चौहान ,सचिव किशोर छेत्री लगायत अन्यलाई आभार प्रकट गरेका छन्। आगामी दिनमा सङ्गठनबाट पार्टीलाई कुनै प्रकारको सहयोग गर्न परे पूर्ण रूपले तयार रहने पनि तिनीहरूले जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *