अनित थापाको उपस्थितिमा मङ्पुमा गोजमुमो वर्किंङ कमिटी गठन

मङ्पु: जीटीए चेयरम्यान तथा गोजमुमो महासचिव अनित थापाको नेतृत्वमा मङ्पु क्षेत्रको मोठ 21 वटा बुथ कमिटीलाई लिएर पार्टीको सांगठनिक सभा सम्पन्न भयो। रंगली रंगलीयट ब्लक अन्तर्गत पर्ने मङ्पुको सार्वजनिक भवनमा आज सम्पन्न उक्त सभामा अनित थापाको उपस्थितिमा गोजमुमो वार्किंङ कमिटी गठन गरियो। उक्त कमिटीमा कार्यकारिणी सभापति अनिल छेत्री, उपसभापति सुदेश थापा, कार्यकारिणी सचिव राम पोख्रेल, कार्यालय सचिव कपिल लोहार, सल्लाहकार दिलीप गुरुङ लगायत सागर लामा, भुपाल मोक्तान, निर्मल छेत्री, अजय छेत्री, दिपेन थापालाई सदस्यका रूपमा चयन गरियो। आजको सभामा नै सिन्कोना बगानको युनियन विघटन गरियो।


यसको साथै अबउसो यहाँको रहल सबै बुथ कमिटी खरसाङ महकुमा सचिव रतन थापाको उपस्थितिमा अनुमोदन गरिने सभामा जानकारी गराइयो। सभामा जीटीए पीआरओ आरबी लामा, जीटीए सदस्य रतन थापा, मिरेन लामासहित पार्टीका गगन राई, दिब्य बम्जन, एडवर्ड लेप्चा, बिज्ञान मिश्र, अनित खाती, बिभोर सिङदन आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *