अनित थापालाई गोजमुमो 2-को कार्यकारी अध्यक्ष चयन गरिएकोमा युवा खरसाङ महकुमा समितिद्वारा स्वागत

खरसाङ  : अनित थापालाई गोजमुमोको केन्द्रीय समितिको सभामा सर्व सहमतिद्वारा कार्यकारी अध्यक्ष चयन गरिएकोमा युवा खरसाङ महकुमा समितिद्वारा पनि स्वागत जनाउँदै समर्थन गरेका छन्। आज खरसाङमा एउटा पत्रकार सम्मेलन गरेर युवा मोर्चा खरसाङ महकुमा समितिका सभापति पेबेन्द्र गुरुङ, सचिव विज्ञान मिश्र र प्रचार प्रसार सचिव रोशनहाङ सुब्बाले अनित थापालाई कार्यकारी अध्यक्ष बनाएकोमा समर्थन जनाएका छन्। युवा मोर्चाका महकुमा सभापति पेबेन्द्र गुरुङले पत्रकारहरूसित कुराकानी गर्दै विनय तामाङले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएर गोजमुमो पार्टीको कार्यकर्ताहरूलाई बीचमै बिल्लिपाठ पारेको र हिजोको पार्टीको केन्द्रीय समितिको सभामा अनित थापालाई कार्यकारी अध्यक्ष चयन गरिएकोमा हामी खुशी छौं भनी बताए। तिनले पार्टी कार्यकर्ताहरूलाई सम्हालेकोमा हामी खुशी छौं र हामी अनित थापाको साथमा छौं भनी बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *