अनित थापालाई कालेबुङवासीको तर्फबाट कृतज्ञता प्रकट

कालेबुङ : जीटीए अध्यक्ष अनित थापाको अथक प्रयासको कारण कालेबुङ जिल्ला अस्पतालले बीएससी, एमएससी नर्सिङ कोर्सको निम्ति पश्चिम बंगाल सरकारबाट अनुमति प्राप्त गरेको छ। अबउसो कालेबुङ जिल्ला अस्पतालमा बीएससी नर्सिङमा 25 जना र एमएससी नर्सिङमा 10 जनाले पढ्न पाउने भएका छन्।


यो उपलब्धिले गर्दा कालेबुङवासी हर्षित बनेका छन्। जीटीए अध्यक्ष अनित थापाको यो दूरदर्शी सोच र उपलब्धिको निम्ति कालेबुङवासी जनताको तर्फबाट हार्दिक कृतज्ञता प्रकट गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *