अनित थापालाई महापुराणमा सम्मान जनाउँदै स्मृति चिन्ह प्रदान

खरसाङ (निसं): खरसाङ महकुमाको लङ्गभ्यु चियाबारी अन्तगर्त गोदामधुरामा सम्पन्न भइरहेको श्री भगवत महापुराण एवं तारा देबी डोल्मा पुजाको नवौं दिन आज बुधबार भगोप्रमो अध्यक्ष तथा जीटीए प्रमुख कार्यापल अनित थापाले सहभागिता जनाए। यहाँ आइपुगे पछि तिनले पुजा-अर्चना गरे।
यस अवसरमा श्री भगवत महापुराण एवं तारा देबी डोल्मा पुजाको आयोजक कमिटी गोदामधुरा ग्राम सुधार समितिको तर्फबाट अनित थापालाई सम्मान जनाउँदै स्मृति चिन्ह प्रदान गरियो। यस स्मृति चिन्हको निम्ति जीटीए प्रमुख थापाले विशेष धन्यवाद दिए। आजको भगवत महापुराणमा पंखाबारी लंगभ्यु अम्बटे समष्टि कार्यकारी सभासद कल्पना प्रधान, मनोनीत सभासद प्रणाम रसाईली साथै भागोप्रमो खरसाङ महुकमा समिति युवा शक्ति सभापति पेबेन्द्र गुरूङको पनि उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *